Monday, March 27
Shadow

दिल्ली अदालतको फैसलाः निर्भया बलात्कार–हत्याकाण्डका दोषीलाई सुनाइएको मृत्युदण्ड रोकियो


  • -इ
  • इ+

एजेन्सी । दिल्ली अदालतले निर्भया बलात्कार–हत्यकाण्डका दोषीलाई मृत्युदण्ड दिन रोक लगाएको छ । अदालतले निर्भयाका चार दोषीलाई मृत्युदण्ड दिने आदेशमा रोक लगाएको हो । अदालतले मृत्युदण्डको सजायलाई रोक्ने फैसला सुनाउँदै आरोपी ४ जनामध्ये पवनको दया याचिका राष्ट्रपति समक्ष पेन्डिङमा रहेको समेत बताएको छ । अदालतले ४ जनामध्ये १ जनाको दयाँ याचिका पेन्डिङमा भएकोले फाँसी दिन नसकिने समेत स्पष्ट पारेको छ ।

यसअघि सोमबार पटियाला हाउस अदालतले दोषी अक्षय सिंह र पवनकुमार गुप्ताले मृत्युदण्ड सम्बन्धी मुद्दामा रोक लगाइदिन भनी दायर गरेको याचिका खारेज गरेको थियो । आरोपीहरुमाथि यसअघि पटक–पटक फाँसी दिने मिति घोषणा भएपनि अदालतले उक्त मिति सार्दै आएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्